
काठमाडौं डिल्लीबजार चारखालस्थित कारागार तनावग्रस्त भएको छ ।
कैदीहरुले ढुंगामुढा र आगजनी गरेर भाग्ने प्रयास गरेपछि कारागार तनावग्रस्त भएको हो । कारागारभित्रबाट कैदीहरु बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेर गेटमै रोकेको छ । अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ । काराकारलाई सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।