बुटवल । अनेरास्ववियू ( क्रान्तिकारी ) रुपन्देहीले प्रधानमन्त्री केपी ओलीलाई ऐना उपहार पठाएकाे छ ।सरकारमा रहेकाहरूकाे संङ्लग्नतामा भ्रष्टाचार र संगठित अपराध भइरहेकाे भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत ऐना उपाहार पठाएको संगठनका जिल्ला अध्यक्ष टिकाराम आचार्यले बताए । “३० औं जनयुद्ध दिवसको अवसर पारेर सांकेतिक रूपमा प्रधानमन्त्रीलाई भ्रष्टाचार विरूद्ध रूपन्देहीका विद्यार्थीकाे हस्ताक्षर र सरकारले आफ्नाे अनुहार हेराेस भन्नका लागि ऐना पठाएका छाैँ ” उनले भने ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवल, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा,पक्लिहवा कृषि क्याम्पस र नवीन औद्याेगिक कदर बहादुर रिता उच्च माविमा सञ्चालन गरिएकाे हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू वामदेव क्षेत्री,गाेविन्द केसी, साेनिया यादव, लुम्बिनी प्रदेश प्रमुख सचिव यज्ञ पाेखरेल, रूपन्देही जिल्ला संयाेजक निर्मल जिसी र सिद्धार्थ नगर अध्यक्ष नारायण हमालकाे सहभागिता रहेकाे थियाे ।
हस्ताक्षर अभियानमा सहभागी नेताहरूले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेकाे बताए । उनिहरूले सरकार विकास निर्माणमा भन्दा पनि अपराधी जाेगाउन व्यस्त रहेकाे आराेप लगाए ।
निर्वाचन
