लुम्बिनी, पुस १७ । बुद्धजन्मस्थल लुम्बिनीमा शान्ति र समृद्धिका लागि सञ्चार अभियान नेपाल नामक संस्था गठन भएकोे छ । शान्ति र बौैद्धमार्गकोे बिषयमा कलम चलाउने रुपन्देही कपलिवस्तु र नवलपरासीका पत्रकारुको भेलाले बरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईकोे संयोेजकत्वमा संस्था गठन गर्ने निर्णय गरेकोे होे । संस्थाको सह–संयोेजकमा कपिलवस्तुका पत्रकार मनोेज पौैडेल रहेका छन् । संयोेजक डा.चापागाई राष्ट्रिय समाचार समिती र नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हुन भने सह–संयोेजक पौैडेल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष हुन् ।
संस्थाले बौद्ध क्षेत्रमा पर्यटनकोे माध्यमबाट आर्थिक विकासमा सहयोेग पु¥याउने लक्ष्य लिएकोे छ । संस्थाकोे सदस्यहरुमा सदस्यहरुमा पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली ,पुर्व अध्यक्ष हरि शर्मा, कमल रायमाझी, नरेश केसी, छायाँ पन्थ, रामबिकास चौधरी, विनोद परियार, लक्ष्मण पोखरेल, खग प्रसाद चापागाई, दिलिप कुमार यादब, मोहन पौडेल, पुनहरि बेलबासे, अनिल कुमार माली, सुमित्रा चापागाई, प्रल्हाद यादब, टंक सुनार र अनिल कुमार तिवारी चयन भएका छन् ।