About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
दोस्रो देवदह मिडिया फेस्टिवल सुरु

दर्पणपाेष्ट बिहिबार, पौष ११, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

देवदह । दोस्रो देवदह मिडिया फेस्टिवल सुरु भएको छ । देवदह प्रेस क्लब देवदहको आयोजनामा पुस ११ र १२ गते देवदह सरहनबारीमा सञ्चालन हुने फेस्टिवल बिहिबार देवदह नगरप्रमुख धुर्व खरेलले उद्घाटन गरेका हुन् । देवदहमा बौद्धिका वहस आवश्यक रहेको बताए । देवदह सकारात्मक भन्दा पनि नकारात्मक कुराहरुले चिनिने गरेको उल्लेख गर्दै सकारात्मक वहस हुनु सुखद भएको बताए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइले देवदहको प्रमुख पक्ष आध्यात्मिकता भएका कारण यसैको जगमा विकास गर्न सकिने बताए । पर्यटन र कृर्षि क्षेत्रको विकास विना देवदहको विकास गर्न नसकिने उनको धारणा थियो । देवदह नगरपालिकाका पूर्व प्रमुख हिरा बहादुर खत्रीले संस्था स्थापना गर्नु भन्दा निरन्तरता दिनु ठुलो कुरा भएको बताए । समाज रुपान्तरणमा सञ्चार जगतको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै प्रेस क्लबले चाल्ने सकारात्मक पहलमा साथमा रहेको बताए । देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले निराशालाई चिर्दै सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक रहेको बताए । देवदहको सरहनबारी सिमि खेतीको प्रचुर संम्भावना रहेको उल्लेख गर्दै कृर्षिलाई आधुनिकीकरण गर्नु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले देवदह मिडिया फेस्टिवलले संम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे । देवदह नगरपालिका वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापाले मिडिया फेस्टिवलले सरनबारीको कृर्षि उत्पादन बृद्धि र बजारीकरणमा महत्वपूर्ण भुमिका खेल्ने बताए । देवदह प्रेस क्लबका अध्यक्ष विष्णु प्रसाद पोखरेलले देवदहलाई सकारात्मक वहस र कार्यक्रम हुने स्थानको रुपमा चिनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको बताए । सो अवशरमा पत्रकारीतामा लामो समयदेखि योगदान गरेका पत्रकारहरुलाई सम्मान समेत गरिएको छ । अग्रज पत्रकारीता सम्मानबाट निर्मल ढुङ्गाना, लक्ष्मण न्यौपाने र रमेश पोख्रेल सम्मानित भएका छन् । पत्रकारीता योगदान सम्माबाट सिबी सुनारी, शान्ति बिक, देव गुरुङ, मनमायाँ थापा र बिष्णु ज्ञवाली सम्मानित भएको क्लबका सचिव निर्मल थापाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com