About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हुने

दर्पणपोष्ट मंगलबार, मंसिर १८, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

लुम्बिनी मंसिर १८ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल र चीन बीचको पारस्परिक सम्बन्धलाई थप सुमधुर बनाउदै, सांस्कृतिक सुदृढीकरण गरेर लुम्बिनीलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन,चाइना कल्चर प्रमोशन सोसाइटी, वल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड, युङ्जाउ सुलेख, चित्रकला एकेडेमी र चोङ्क्यियुङ हायुन सांस्कृतिक शिक्षा प्रतिष्ठानको संयुक्त आयोजनामा आगामी बैशाख १२ देखि १४ सम्म सांस्कृतिक महोत्सव आयोजना हुन लागेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिए ।

तीन दिन सम्म चल्ने कार्यक्रममा संसारभरका सय भन्दा वढी राष्ट्रका बौद्ध बौद्ध विद्धान, धर्म गुरुहरु र बौद्ध मार्गीहरुको सहभागीता रहने जनाइएको छ । कार्यक्रममा बौद्ध दर्शनको महत्व ईतिहास र लुम्बिनीको वृहत्तर विकासको बारेमा छलफल गरिने आयोजकले बताएको छ । सम्मेलनले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको महत्वको बारेमा थप प्रचार प्रसार गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com