About Contact
२४ आश्विन २०८१, बिहिबार
Close
बिज्ञापन
भैरहवा र पोखरा विमानस्थ्ल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह

दर्पण पोष्ट शुक्रबार, आश्विन ११, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पर्यटन क्षेत्र रहेको बताउनुभएको छ ।

पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल संघ लगायत सम्बन्धित संघ संस्थाहरु टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताउनु भयो । उहाँले सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले सबै मिले मौ देश बनाउन सकिने भन्दै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पनि पर्यटन नै हो । राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन, राज्यले अवलम्वन गरेका नीति र कार्यक्रमहरुमा होटल संघ लगायत हामी सबै पर्यटन व्यवसायमा लाग्नेहरु टुगेदर फर टुरिजमको नाराका साथ सम्बन्धित संघसंस्था सबैले काँधमा काँध मिलाएर सहकार्य गरी यो देशको उन्नति र प्रगतिको लागि अघि बढेका छौँ । नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पनि पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुनसक्छन् ।’

अध्यक्ष शाहले तर्जुमाको क्रममा रहेको पर्यटन नीति, पर्यटन ऐन समग्र पर्यटन विकास, विस्तार र सुदृढिकरण जोड दिनेगरी बन्नेमा आशावादी रहेको बताउनु भयो ।

सम्बन्धित

bimal

tank

ताजा अपडेट
भुजहवा प्रहरी चौकीद्धारा तपाईंको हेल्मेट खोई अभियान सुरु
मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com