नवलपरासी । बन संरक्षण र प्रवद्र्धनको जिम्मेवारी पाउने डिभिजन बन अधिकृत (डिएफओ) जिवन पंगेनी आफ्नै कार्यालय परिसर भित्रको रुख राती राती काट्न लगाए पछि कार्यालयमा बमण्डर मच्चिएको छ । कार्यालयका सबै कर्मचारीले परिसर भित्र रहेको आँपको रुख काट्न हुदैन भनेर दिउँसो काट्न नदिए पछि रातीको बेला डिएफओ पंगेनीले रुख काट्न लगाए पछि अहिले बमण्डर मच्चिएको हो । कार्यालय परिसरमै रहेको रुख भए पनि काट्नका लागि प्रकृया पुर्याएर मात्र काट्न पाउने कार्यालयका कर्मचारीले बताए ।
रुख काट्न दिउँसै डिएफओ तम्सिएका थिए,तर कर्मचारीले काट्न हुदैन,काट्न दिइएनन्,सबै कर्मचारी घर गए पछि राती करिब १० बजे आफै पहिला रुख काट्न थालेर पछि कार्यालय सहयोगीलाई काट्न लगाएका थिए । रुख कटान भई रहेको बारे वरिपरिका स्थानियले हल्ला गरे पछि प्रहरी डिभिजन बन कार्यालय पुगेको थियो । विहानै देखी डिभिजन बन अधिकृत (डिएफओ ) प्रमुख जिल्ला अधिकारी निवास पुगेर आफुले रुख नकाटेको हाँगा मात्रै काटेको हारगुहार लगाएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताए ।
काटिएको रुखको हाँगाहरु कार्यालयको कुनामा लुकाएर राखिएको छ,भन्ने पातहरु कार्यालयको कम्पाउण्ड बाहिर खाल्टोमा फालिएको छ । काटिएको रुखको जरामा धुलोले छोपिएको छ । रुख काट्नै पर्ने आवश्यक थियो,भन्ने प्रकृया पुरा गरेर दिउँसै कटान गर्न पर्ने हो,तपाई किन राती राती रुख काट्न थाल्नु भयो ? यसले के बाहिर के सन्देश दिन्छ ? भन्ने प्रश्नमा गल्ति स्वीकार गरेको यादवको भनाई थियो । अहिले स्थानियबासी र कर्मचारी स्वम् डिएफओको कार्यशैली ठिक नभएको बताउदै सम्बन्धित निकायले आवश्यक कारवाही चलाउनु पर्ने माग गर्न थालेका छन् ।
लुकिछिपि डिएफओले नै कार्यालय परिसरको रुख आफ्नो घरको सम्झेर मनपरी कटान गर्ने ? स्थानिय समाजसेवी रामभवन यादवले भने, यस्ता डिएफओलाई सम्बन्धित निकायले कारवाही चलाउनु पर्छ, होईन भन्ने त्यसका लागि संघर्षमा स्थानिय उत्रिन बाध्य हुनेछन् । कर्मचारी नै हो,भनेर जोगाउन पाईदैन्,कुनै किसानले थाहा नपाएर आफ्नै बारीको रुख कटान गर्दा कटान आदेश चाहिने,अन्य सरकारी निकायमा पनि रुखहरु रहेका छन्, काट्नु पर्ने आवश्यकता भयो,भन्ने नियमावली अनुसार प्रकृया पुरा गरि बन प्राविधिकले नै उभिएर कटाउने गर्छन् । तर डिएपओ आफैले रुख काट्ने त्यो पनि राती राती लुकेर यो कस्तो प्रवृति हो ? हेर्दा सानो एउटा आँपको रुख काटिए पनि यसको चर्चा बजार र कार्यालय कार्यालयमै भई रहेको छ । कार्यालयका कर्मचारीमा त बवण्डर नै मच्चिएको एक कर्मचारीले सुनाए । पंगेनी डिभिजन बन अधिकृत(डिएफओ) नवलपरासी डिभिजन बन कार्यलयमा हजिर भएको १५ दिन मात्र पुगेको छ । ।