विश्व शान्ति दिवसकाे उपलक्ष्यमा लुम्बिनिमा शान्ति र्याली निकालिएकाे छ । इनरहुइल क्लब डिष्ट्रिक ३५० नेपालकाे आयाेजनमा शान्ति र्यालि निकालिएकाे हाे । र्यालि अघिकाे ओैपचारिक कार्यक्रममा बाेल्दै इनरलहुइल क्लबकाे राष्ट्रिय प्रतिनिधि समिरा ध्वजुले विकासका लागि शान्ति आवश्यक रहेकाे बताइन । भगवान बुद्धकाे जन्मस्थलमा कार्यक्रम गर्न पाउनु आफुहरूका लागि साैभाग्यकाे कुरा भएकाे उनकाे भनाइ छ । राकिय बाैद्ध विहारका प्रमुख सागर धम्मले भगवान बुद्धकाे शिक्षाले मात्रै जीवन सार्थक बनाउन सम्भव भएकाे बताए । संसार युद्धले ग्रस्त भएकाे भन्दै वर्तमान सन्दर्भमान बुद्ध शिक्षा झन् सान्दर्भिक बन्दै गइरहेकाे बताए । र्यालिमा सहभागीहरूले शान्तिका लागि आह्वान गराैँ, शान्ति आफैँ भित्र छ, सुसंस्कृत भई शान्तिकाे सम्वर्द्धन गराैँ, जीवनकाे सफलता शान्तिकाे आवशयकता आदि लेखिएकाे प्ले कार्ड बाेकेका थिए ।