पछिल्लो समयमा लोक गित सङ्गितका आशालाग्दा गायकरसर्जक रन्जित सुनारको नयाँ गित “परदेशी भए” सार्बजनिक भएको छ । गितमा नेपालको अहिलेको अबस्था, युवाहरु बिदेश जाने लहरलाइ चित्रण गरिएको छ । देशमा केही गर्छु भन्दापनी अबसर नभएपछी बिदेशिनु पर्ने बाध्यतालाइ भिडियो मा फरक तरिकाले प्रस्तुत गरिएको छ ।
यस गितमा रन्जित सुनार र रोजिना परियारको आवाज, धुर्ब परियारको शब्द रचना र रन्जित सुनार आफैको सङ्गीत अनि निर्देशन रहेको छ । रश्मि भट्ट, धुर्ब परियार, प्रकाश जि। शि, रोजिना परियार साथै गजेन्द्र राइको अभिनयले गितलाइ मुर्त रुप दिएको छ । गितमा अग्रज कलाकारदेखि अनुज कलाकार सम्मको अभिनय देख्न सकिन्छ ।
गितको सङ्गीत संयोजन खेमराज गौतम, छायांकन दुर्गा श्रेष्ठ अनि सम्पादन सुजन कोइरालाले गरेका हुन भने गितलाइ युनिक फिल्मस प्रोडक्सनले उत्पादन र बितरण गरेको हो । गित Ranjit Sunar Melody युटुब च्यानलबाट सर्बजनिक गरिएको छ । अहिले यो गितको शब्द र सङ्गीतको चौतर्फी चर्चा भैरहेको छ र दर्शक को राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।