नवलपरासी । नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर – ८ सिरानटोलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाको आयोजना र साझा हस्पिटल प्रालि बुटवल,डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासीको सह– आयोजक तथा प्रदिप कन्ट्रक्सन प्रालि बुटवल ,लक्ष्मी स्टिल प्रालि सुनवल , पाल्पा सिमेन्ट ईण्डष्ट्रिज लिमिटेड सुनवल र बुद्ध एग्रो एण्ड फिड प्रा.लि. सुनवलको सहयोगमा आँखा ,फोक्सो,मुटु,जोर्नी तथा नशा रोगको निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो।
कर्यक्रमको सुभारम्भ गर्दै प्रमुख अतिथि पुर्व गृहराज्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलले स्वास्थ्य शिविरमा रोगको पहिचानका साथ परामर्श सेवा समेत हुने विश्वास व्यक्त गर्दै नगरवासीहरु स्वास्थ्य रहुन भन्ने आफ्नो चाहना रहेको बताए । मानव जीवनमा धार्मिक निति नियम परम्पराले स्वास्थ्य बन्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।उनले स्वस्थ मानिसको विचार पनि स्वस्थ नै हुन्छ भन्ने धारण ब्यक्त गर्नुभयो ।साथै मानिसलाई फोहोरबाट सिर्जित हुने रोग लाग्ने बताउँदै आफ्नो टोल वरिपरि सरसफाईमा ध्यान दिनु जरुरी रहेको बताए । मानिसले रोग लागेर अस्पताल धाउनु भन्दा रोग लाग्न नदिनु नै राम्रो हुने बताउँदै स्वस्थ्य हुन हामी सबैले सरसफाइ, आहार र व्यायममा ध्यान दिनुपर्ने बताए।
सो अवसरमा संस्थाका अध्यक्ष गुप्त बहादुर केसीले स्वच्छ पानी पिऔं स्वस्थ जीवन जिऔ भन्ने नाराका साथ आफ्नो टोलवासी र नगरवासिहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना गराउने उद्धेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताए। गुप्त बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्यालको विशिष्ट अतिथ्यता, वडा जनप्रतिनिधि ,समाजसेवी,बुद्धिजीवीहरु लगाएतको उपस्तिथिमा सम्पन्न भएको शिविरमा ४६५ जनाले आखा परिक्षण र ४७५ जनाले स्वास्थ परिक्षण गरेका छन।