About Contact
०३ आश्विन २०८१, बिहिबार
Close
बिज्ञापन
प्युठानकाका एक युवा ६ दिनदेखि बेपता

टंक सुनार बिहिबार, भाद्र २०, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

भदाै २० । प्यूठानको झिमरुक गाउँपालिका–७ तुषारा प्यूठानका २१ वर्षीय क्षितिज रोका ६ दिनदेखि बेपत्ता भएका छन् । गैडाकोट–६ नवलपरासी कालिकाचोकस्थित हिमछायाँ कलेजमा विएससीएजी पाँचौ सेमेष्टर पढ्दै गरेका उनी भदौ १४ गतेदेखि घरपरिवारको सम्पर्कमा छैनन् । खोजी कार्य जारी रहे पनि नभेटिंदा परिवार पीडामा तड्पिएका छन् । झिमरुक निवासी रोकाको परिवार अहिले मल्लरानी गाउँपालिका–४ खलंगा प्यूठानमा बस्दै आएका छन् ।

‘अघिल्लो दिनसम्म बुवाआमासँग र हराउनुको केही समयअघिसम्म भाइसँग फोनमा कुराकानी भएको थियो’, बुवा टुकबहादुर आरसीले भने, ‘पछि फोन गर्दा उठेन । हामी प्यूठान थियौँ । गैडाकोट आएर हेर्दा दुवै फोन कोठामै छाडेर गएछन् ।’ दुई वटा मोबाइल सहित चेक, एटिएम र सवै कपडाहरू कोठामै छाडेर बेपत्ता भएको बुवा आरसीले जानकारी दिए ।

‘पोखराकी एक केटीसँग सम्बन्ध भएको भन्ने पनि सुनिएको थियो’, आरसीले भने,‘त्यसबारेमा प्रहरीलाई जानकारी दिएका छौँ । पोखरामा पनि ती केटी बिरामी छन् रे भन्ने सुनेका छौँ ।’ परिवारले छोराको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय गैडाकोटलाई आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हस्त बहादुर सुनारले बेपत्ता प्रहरीलाई खबर हुँदा बित्तिकै खोजी कार्य जारी राखिएको बताए । सम्बन्धमा रहेकी पोखराकी ती युवतीले शितिजको मोबाइलमा किन फोन नउठाएको भन्ने खालका म्यासेजहरु पठाएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । फरेन्सिक ल्याबका लागि क्षितिजको मोबाइल काठमाडौं पठाइएको उनले बताए ।

‘मैले प्रगति गर्न सकिनँ, पढ्न सकिनँ जस्ता कुरासहितको दश पाना लेखेर कोठामा छाडेका रहेछन्’, प्रहरी निरीक्षक सुनारले भने,‘सबै क्षेत्रमा खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको छ ।’

सम्बन्धित

ताजा अपडेट
फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य मात्र रु ११,९९० मा
निःशुल्क स्वास्थ्य शिविर सुनवलमा

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com