About Contact
०३ आश्विन २०८१, बिहिबार
Close
बिज्ञापन
बुद्ध अम्बेडकर जागरण मञ्चको दलितलाई खै आन्दोलनलाई एक्यबद्धता

टंक सुनार आइतबार, भाद्र ०२, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

लुम्बिनी । दलितका लागि दलित अभियानले चलाएको “दलितलाई खै” आन्दोलनलाई बुद्ध अम्बेडकर जागरण मञ्च, नेपालले एक्यबद्धता जनाएको छ । मञ्च अध्यक्ष हरिओम बिकले विज्ञप्ती जारी गरेर अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा काठमाडौँको माइतिघर मण्डलामा १२ दिन देखि चलिरहेको आन्दालनप्रति एक्यबद्धता रहेको जनाएका हुन । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको समानुपातिक समावेशी सिद्धान्त अनुसार राज्यका हरेक तह र निकायमा दलितहरुले पाउनुपर्ने हिस्सेदारी नपाएको मञ्चको ठहर छ । सत्तामा रहेका राजनैतिक दलहरुले दलित समुदायलाई संविधान प्रद्धत्त अधिकारबाट समेत बञ्चित गराएको मञ्चको आरोप छ ।

देशका शासकहरु ति चाहे जुनसुकै “वाद” को लेवल लगाएका होउन् यथार्थमा तिनीहरुको सोंच, चिन्तन एकल जातीय, ब्राह्मणवादी मनुवादी नै भएका कारण मुखले जतिसुकै क्रान्तिकारी कुरा गरेपनि, संविधानमा जेसुकै लेखिएको भएतापनि वास्तविक व्यवहारमा दलित समुदायलाई अझैपनि “अछुत” कै रुपमा व्यवहार गरिरहेका छन । चाहे त्यो राजनीतिक, सामाजिक, आर्थिक या धार्मिक जुनसुकै क्षेत्रमा होस, त्यसैले यो मनुवादी चिन्तनलाई भत्काउन देशका सम्पूर्ण दलितहरु एकजुट भइ राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक क्षेत्रबाट एकसाथ आन्दोलनको आँधिबेरी उठाउन जरुरी छ, त्यसो नगर्दासम्म दलित समुदायले मनुवादीहरु संग मागेर अधिकार पाउनेवाला छैनन् । विज्ञप्तीमा भनिएको छ ।

 

 

सम्बन्धित

ताजा अपडेट
फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य मात्र रु ११,९९० मा
निःशुल्क स्वास्थ्य शिविर सुनवलमा

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com