About Contact
१० साउन २०८१, बिहिबार
Close
बिज्ञापन
उपाध्यक्ष भुषालको नेतृत्वमा बाढी पीडितको उद्धारमा खटियो अखिल (क्रान्तिकारी)

टंक सुनार शनिबार, आषाढ २३, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

असार २२ । अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष इन्द्र भुषालको नेतृत्वमा उद्धार र राहत कार्यमा जुटेको छ । शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा कारण काठमाडौँ उपत्यका भएर बग्ने नदी र खोलाको छेउका बस्तीमा पुगेर उद्धारमा खटेको हो । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन (क्रान्तिकारी)ले देशका विभिन्न भागमा लगातारको भिषण वर्षाका कारण वाढी र पहिरोले जनताको जीउधनमा अपुरणीय क्षति पु¥याएको भन्दै उद्दार कार्यमा सहभागी हुन केन्द्रिय उपाध्यक्ष भुषालको नेतृत्वमा, संजय काल्धन, प्रसुन कार्की, श्याम रोक्का, शिक्षा पाण्डे, दुतराज तामाङ, नवीन शाही सहितको टोली थापथली सुकुम्बासी बस्तीको उद्दारमा खटिएको हो ।

अखिल (क्रान्तिकारी)का देशैभरका सवै मातहत कमिटी र कार्यकर्ताहरुलाई राष्ट्रिय विपत्तिको वेला उद्धार र राहत कार्यमा जुट्न पन्चा सिहंले आव्हान समेत गरेकी छन् । साथै‘प्राकृतिक प्रकोपवाट सृजित यस दुस्खद घटनामा परी आफ्नो अमुल्य जीवन गुमाउने सवैप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन् । साथै मृतक परिवारलाई तत्काल क्षतिपूर्ति, राहत र परिपुरणको ब्यवस्था गर्न नेपाल सरकार र अन्य सम्वद्ध निकायलाई जोडदार माग समेत गरिकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा
लुम्बिनीमा बर्षाबास तथा धार्मिक अनुष्ठान सुरु

Facebook

दर्ता विवरण

 

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com