About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

न्युज एजेन्सी नेपाल शनिबार, जेठ १२, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुने बताउनुभएको छ ।

शनिवार ललितपुरमा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उहाँले पुस्तकले सामाजिक यथार्थलाई चित्रण गरेको बताउनु भयो । उहाँले शारदा श्रेष्ठ निष्ठावान, कर्तव्यपरायण, शाहस, निडर व्यक्तित्व रहेको बताउनु भयो । उहाँले पुस्तकमा तत्कालीन अवस्थाका अदालतको कार्यशैली, कार्यवातावरण र प्रवेशको चित्रण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुस्तकले सामाजिक यथार्थलाई जसरी चित्रण गर्न खोजेको छ । त्यो लेखकको चेतना, बौद्धिकता, शाहस र सामाजिक परिवर्तनप्रतिको उत्कृष्ट अभिलाषा पनि हो । प्रश्तुतीहरुमा त्यसको स्पष्ट छनकसमेत पाउन सकिन्छ । पुस्तकका लेखक आदरणीय शारदा श्रेष्ठज्युलाई मैले जति नजिकबाट चिनेको, भिजेको छु, उहाँको व्यक्तित्वको बारेमा जति जानकारी छ, त्यसबाट के भन्छ मेरो अन्तरआत्माले के भन्छ भने उहाँ निष्ठावान, कर्तव्यपरायण, शाहस, निडर हुनुहुन्छ । मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुन्छ । उहाँका अनुभवहरुले तत्कालीन अदालतको कार्यशैली, कार्यवातावरण र प्रवेशको चित्रण पुस्तकमा पाइन्छ । साथै महिला न्यायाधीशप्रति कार्यस्थलमा हुने फरक व्यवहार र महिला कर्मचारीले भोग्नुपर्ने असुविधालाई पुस्तकमा उजागर गरिएको छ । सायद त्यस प्रकारका आरोह, अवरोह, घटना र परिघटनाले उहाँजस्तो समाज परिवर्तन भएको हो ।’ 

प्रधानन्यायाधीश श्रेष्ठले सेवा निवृत्त भएपछि पनि महिला शिक्षा तथा समाजिक एवं न्याय शिक्षाको सुधारका लागि लाग्नुपर्ने बताउनु भयो । महिलाहरुको उत्थान र विकासका लागि अझै काम गर्न जरुरी रहेको बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com