About Contact
१० जेठ २०८१, बिहिबार
Close
बिज्ञापन
प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप असारमा

दर्पण पोष्ट बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप असारमा हुने भएको छ ।

सहाना प्रधान प्रतिष्ठानको आयोजनामा तथा नेपाल भलिबल संघको प्राविधिक र व्यवस्थापनमा असार ९ गतेदेखि १५ गतेसम्म च्याम्पिनसिप हुने भएको हो । बुधवार पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराइएको थियो । प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता रहनेछ ।  संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले तयारी पनि भइरहेको बताउनु भयो ।

दुवैतर्फको विजेताले ३ लाख, दोस्रोले २ लाख र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले २५ हजार र व्यक्तिगत विधातर्फ १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताबाट यु–१९ राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गरिने भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिनुभयो । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा पूर्वमन्त्री रामकुमारी झाँक्री र भलिबल संघका अध्यक्ष चन्दले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  प्रतियोगिताको लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको आर्थिक व्यवस्थापन प्रतिष्ठान गर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदह संचार डाइरेक्टरी विमोचन
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com