About Contact
०७ जेठ २०८१, सोमबार
Close
बिज्ञापन
लुम्बिनीमा रहेको रसियन बगैचामा विश्व शान्तिको कामना गर्दै पाठ

दर्पण पोष्ट मंगलबार, बैशाख २५, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार पारिएको बंगैचामा मंगलबार विश्वशान्तिको कामना गर्दै पाठ गरिएको छ । बगैंचा परिसरमा निर्माण गरिएको चैत्य प्राणप्रतिष्ठान तथा महायानी बौद्ध परम्पराअनुसार प्राणीजगतको कल्याणको कामना सहित पाठ गरिएको हो ।

रुस–यूक्रेन युद्धबाट शान्ति खोज्दै बुद्धजन्मस्थल लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभ सहितका बौद्ध समुदायले बगैचा तयार पारेका हुन् । रसियाको बौद्धमार्गी वाहुल्य राज्य कालमिकका नागरिक बर्चुनोभ लगायतका सो स्थानमा बासोबास गर्ने बौद्धमार्गीहरुले लुम्बिनी प्लाजामा बगैचा निर्माण लगायत संरचनाका लागि सहयोग गरेका छन् ।

मंगलबार रसिन खेन्पो एवं रसियन केन्द्रीय बौद्ध आध्यात्मिक प्रशासनका अध्यक्ष गेसे योङतेन सहित नेपालका लामा गुरुहरुको उपस्थितीमा लुम्बिनी प्लाजामा रहेको चैत्यमा प्राण प्रतिष्ठान पाठ र विश्व शान्तिको कामना गरिएको हो । उक्त अवसरमा लुम्बिनी विकास कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्य राजेश शाक्य पूजा तथा पाठमा सरिक भए ।

लुम्बिनी गुरुयोजना क्षेत्रलाई सौन्दर्यकरण गर्दै बौद्धमय बनाउनका लागि रसियन बौद्ध सम्प्रदायको सहयोग विश्वशान्तिका लागि उदाहरणीय कार्य भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । रसियन बुद्धिष्ट ओलिग बर्तुनोभले आफू बुद्धजन्मस्थलमा आएर बौद्ध मार्गीहरुकोे आस्थामा एउटा भएपनि इट्टा थप्न पाएकोमा खुशि व्यक्त गरे । पछिल्लो समय रुस–यूक्रेन युद्ध चर्किदा बौद्ध मार्गीहरुले बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिको खोजी गर्दै आउनेक्रम बढेको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदह संचार डाइरेक्टरी विमोचन
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com