About Contact
०९ जेठ २०८१, बुधबार
Close
बिज्ञापन
भारतमा भयानक दुर्घटनाः ८ को मृत्यु २३ घाइते

दर्पण पोष्ट सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

नयाँदिल्ली । भारतको छत्तीसगढको बेमेटारामा पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएको छ ।

सो भयानक दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् भने २३ जना घाइते भएका छन् ।

भारतीय प्रहरीका अनुसार जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ । दुर्घटना बेमेत्रा थाना क्षेत्रको काथिया गाउँमा भएको हो ।

जानकारीका अनुसार सिमगा नजिकैको तिरैया गाउँमा छठी कार्यक्रममा सहभागी हुन पिकअपमा ४०–५० जना गएका थिए । फर्कदै गर्दा राति करिब २ः३० बजे यो दुर्घटना भएको हो । घाइते ११ जनालाई बेमेत्रा जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । जबकि ८ जनाको शव र १२ घाइतेलाई सिमगा सामुदायिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदह संचार डाइरेक्टरी विमोचन
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com