About Contact
३१ बैशाख २०८१, सोमबार
Close
बिज्ञापन
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला

दर्पण पोष्ट शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

सर्लाही । ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज विहान एक युवक मकैबारीभित्र शव फेला परेकाे छ।

स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकैबारीभित्र मृत फेला परेका हुन्। प्रहरी स्रोतले घटना शंकास्पद रहेको जनाएको छ।

जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहहरनाथ योगी आफै घटनास्थलमा पुगेर फर्किएका छन्। मृतक अरविन्दको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ।

सर्लाही प्रहरीका डिएसपी दीपक श्रेष्ठले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए। `घटना शंकास्पद छ, एसपी साप आफै घटनास्थलमा पुगेर फर्किनुभएको छ,´ श्रेष्ठले भने, `शव प्रादेशिक अस्पताल ल्याएर घटनाको सुक्ष्म अनुसन्धानमा लागेका छौँ ।´

एसपीसहित अन्य प्रहरी अधिकारी पनि घटनास्थलमा पुगेर घटनाको अनुसन्धानमा लागेका छन् ।

सम्बन्धित

ताजा अपडेट
शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ: मन्त्री चौधरी
कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com