About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
नेतृत्वमा पढेको मानिस भए फरक पर्छः सीके राउत

दर्पण पोष्ट मंगलबार, बैशाख ११, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

सुर्खेत । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डाक्टर सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्व दिनुपर्ने बताएका छन्। पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रुपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताए।

उनले नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्नेमा जोड दिए। ‘अहिले किन पढ्नुप¥यो भन्ने खालको भाष्य पैदा भईरहेको छ, तर त्यो गलत हो,’ उनले भने, ‘पढ्नु एकदमै आवाश्यक छ, अहिले विभिन्न किताबमा आधारित फिल्म बनाउने चलन आएको छ।’

अहिलेको सूचनाप्रविधिको युगमा पढ्ने प्रचलन कम भएको उनले बताए। मानिसले बर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतले बताए।

‘म हरेक दिन पढिरहेको हुन्छु, कुनैबेला बिहान मैंले दुई घण्टा पढिन भने त्यो दिन बर्बाद भएजस्तो ठान्थें’ राउतले भने।

वर्तमानमा ‘पढेलेखेकाहरुले देश बिगारे’ भन्ने भाष्य समाजमा निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन नसकेको राउतले बताए। ‘पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, अहिले त आक्रोश पोखिन्छ,’ उनले भने, ‘यो देश पढेलेखेकाहरुले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन।’

उनले अहिलेको सरकार संसदप्रति जिम्मेवार नभएको टिप्पणी गरे। पहिलेका तुलनामा अहिले संसदमा सैद्धान्तिक छलफलको महत्व घटेको उनले बताए। संसदमा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाए।

उक्त सत्रमा वक्ताका रुपमा रहेका वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताईन्। अहिलेको समयमा युवाहरुले सामाजिक सञ्जालमा बढी समय दिने भएकाले पठनमा ध्यान नदिने गरेको उनले बताईन्।

मेयर ढकालले इतिहासको बारेमा जान्न अध्ययन गर्नु अनिवार्य हुने बताईन्। ‘हामीले विद्यालय शिक्षालाई निकै महत्व दिएर लागिरहेका छौँ, कोही पनि विद्यालय बाहिर नरहनेगरि अघि बढेका छौं,’ उनले भनिन्, ‘यसबाहेक पुस्तक अध्ययनको वानी पनि बसाल्न पठन संस्कृतिको विकास गर्नु जरुरी छ।’

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com