About Contact
०३ आश्विन २०८१, बिहिबार
Close
बिज्ञापन
गरिब विद्यार्थीलाई मल्लको छात्रवृत्ति 

सन्जिब दुलाल शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित

featured photo: Darpanpost
 भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको छ ।
पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “घरको मुलीले घर सम्हाल्न नसके परिवारका सदस्य छताछुल्ल हुन्छ । देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतिला नभए जनताले दुःख पाउँछन् । विद्यालयका प्राचार्य मेहनती भए शिक्षकहरू पनि मेहनती हुनेछन् ।”
नयाँ पुस्तालाई कक्षा १२ उत्तीर्ण लगत्तै विदेश पठाएर देशको भलो नहुने र यस्तै भए यहाँका ज्येष्ठ नागरिकलाई तातोपानी एक गिलास खुवाउने कोही नहुने स्थिति आउनेतर्फ सचेत गराउँदै सांसद सुवालले भन्नुभयो, “विदेश पठाइएकाहरूको जीवन पनि सुखी भइरहेको छैन । कतिपय ठगीमा परेका छन् । बिदेसिएका नेपालीहरूको दैनिक ५–१० वटा लास नेपाल फिर्ता भइरहेको तर्फ सजग हुनु आवश्यक छ ।”
सांसद सुवालले दुई सय वर्षअघि नै रुसमा १५ वर्षका नयाँ पुस्तालाई पाँच ओटा भाषामा पोख्त बनाइएको जानकारी दिँदै नेपाल सरकारले चाहेमा हामीले पनि गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद गीता काफ्ले, चाँगुनारायण नगरपालिका वडा नम्बर  ८ का वडा अध्यक्ष जनक खत्री, जिल्ला शिक्षा विकास एकाइ प्रमुख कमला ज्ञवाली, नगर शिक्षा शाखाका अधिकृत दिनेश अर्याल, संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष रोशनराज तुइँतुइँ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिहर तिमिल्सिना, विद्यालयका प्र अ नारायणप्रसाद दुलाल, सहायक प्र अ प्रकाश तजलेलगायतले शिक्षा सुधारका लागि सबै एक जुट हुनु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा स्वार्गिय लोचना मल्लको सम्झनामा नातिनी समृद्धि मल्ल र नाति लक्ष्यजित मल्लले दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारको छात्रवृत्ति प्रदान गर्नुभएको थियो । भक्तपुरको बाल मन्दिर स्कुलकी प्र अ समेत रहनुभएकी आफ्नी हजुरआमा लोचना मल्लको सम्झनामा आफूहरूले आगामी दिनमा पनि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूलाई नेपालमा प्रचलित नोटहरूको प्रदर्शनी समेत गरिएको थियो । नेपालमा कस्ता नोटहरू प्रचलनमा आए ० अङ्क देखि १० लाख नम्बर सम्मका दुर्लभ नोटहरूको विषयमा विद्यार्थी तथा अभिभावकलाई ज्ञान दिने हेतुले उक्त प्रदर्शनी आयोजना गरिएको थियो । नेपालको पैसा सबैले देखेका छन् तर पुरानो पैसा एकै किसिमका नम्बरका पैसा तथा ० अङ्कका नोट साथै नोटको पुस्तान्तरणका विषयमा नेपालीहरू अनविज्ञ नै छन् यस्तो अनविज्ञतालाई चिर्न साथै नेपाली पैसाको महत्व दर्साउन नोटहरु प्रदर्शनीमा राखेको नोट प्रदर्शनीमा उपस्थित मन्जि मल्लले बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य मात्र रु ११,९९० मा
निःशुल्क स्वास्थ्य शिविर सुनवलमा

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com