About Contact
१५ बैशाख २०८१, शनिबार
Close
बिज्ञापन
पत्रकार महिला र खेलाडी महिलाबिच मैत्रीपूर्ण ‘टच रग्बी’ सम्पन्न

दर्पण पोष्ट शुक्रबार, फाल्गुण २५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ ।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार महिला र महिला रग्बी टिमबिच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रग्बी कमिटीको आयोजनामा भएको ‘टच रग्बी’ खेलमा विभिन्न सञ्चार माध्यममा आबद्ध २५ जना महिला पत्रकार तथा आयोजक टोलीका २५ जना खेलाडीसहभागी थिए ।
शान्तिनगर फूटसलमा भएको मैत्रीपूर्ण खेलको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्यालले प्रत्येक घरमा एक महिला खेलाडी हुन सके महिलामाथि हुने विभेद कम हुने विश्वास व्यक्त गर्नुभयो । हरेक क्षेत्रमा महिलालाई सशक्त रूपमा अगाडि बढाउन सके समाजमा हुने विभिन्न किसिमका हिंसा रोक्न सकिने उहाँको भनाइ थियो । नेपाल रग्बी कमिटीकी महिला विभाग प्रमुख तथा क्याप्टेन एलिसा थापाले रग्बी खेल अन्य खेलजस्तै दिन प्रतिदिन लोकप्रिय बन्दै गएको बताउनुभयो । उहाँले स्वास्थ्यका लागि खेल महत्वपूर्ण भएकाले आगामी दिनमा पनि यस किसिमको प्रतियोगिताको आयोजना गरिने जानकारी दिनुभयो ।
थापाले खेल क्षेत्रमा महिलालाई आकर्षित गराउँदै लगेमा समाजमा महिलामाथि हुने हत्या, हिंसा र बलात्कारजस्ता जघन्य घटनालाई न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com