About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
माघ १९ गते लामिछाने कपिलवस्तु आउदै वाणगंगामा भब्य आम सभा हुने तयारी

दुर्गा प्रसाद काफ्ले बुधबार, माघ ०३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगा नगरपालिकामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु आउने भएका हुन् ।

रवि आउने भएपछि बुद्ध रंगशालामा खुला कार्यक्रमको तयारी भइरहेको एक नेताले दर्पण पोस्ट अनलाइन लाई जानकारी दिए । सभापति लामिछानेसंगै सांसद सुमना श्रेष्ठ लगायत कार्यक्रममा सहभागि हुने जनाइएको छ ।
लामिछाने यसअघि कपिलवस्तु आउने कार्यक्रम भए पनि अन्तिममा स्थगित भएको थियो । त्यस्तो अपर्झट केहि काम नपरेको खण्डमा रविको लागि १९ गतेको कार्यक्रम तय भइसकेको ती नेताले जानकारी दिए । मुलुकको वर्तमान स्थिति, पार्टीको गतिविधि र आफूबारे उठेका प्रश्नबारे लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा नगर कमिटीको सार्वजनीकिरण कार्यक्रम पनि राखिएको बताइएको छ । सभापति लामिछाने आउने कार्यक्रमलाई सफल बनाउने गरी लाग्न नेता कार्यकर्तालाई जिल्ला कमिटिले आग्रह गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com