काठमाडौं- नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले आफूमाथि प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली पुरानो भएको टिप्पणी गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले देशमा निरासा बढिरहेको बेला सरकारमाथि प्रश्न उठेपछि स्टण्टले छोपेर विषयान्तर गर्ने शैली अब पुरानो भइसकेको बताएकी हुन् ।
उनले भनिन् ‘आशा विस्तारै निराशामा बदलिँदै छ । देशमा दिनदिनै घटेका घटनाले आशा निराशामा बदलिएको छ । प्रश्न उठ्दा स्टन्टले छोप्ने शैली अब पुरानो भएको छ । ‘सांसद गुरुङले प्रधानमन्त्रीमाथिको विश्वास एउटा व्यक्ति माथिको विश्वास मात्र नभई युवा नेतृत्वमाथिको विश्वास भएको बताउदै प्रधानमन्त्री बालेन्द्र शाहले देखाएको आशा विस्तारै निरासामा परिणत हुन थालेको बताइन् ।
उनले प्रधानमन्त्री शाहलाई इतिहासमा सफल प्रधानमन्त्री बन्ने बाटो रोज्न सुझाव दिदै गन्तव्यमा पुग्न दिशा ठिक हुनुपर्ने बताइन् ।
