अन्तर्राष्ट्रिय- केन्याको जुनियर स्टारलेट्स टोलीले दक्षिण अफ्रिकालाई पराजित गर्दै सन् २०२६ को फिफा यु-१७ महिला विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । छनोट चरणको अन्तिम खेलको दोस्रो लेगमा दक्षिण अफ्रिकामाथि ३-१ को जित निकाल्दै केन्याले विश्वकपको टिकट पक्का गरेको हो ।
नैरोबीस्थित न्यायो नेशनल स्टेडियममा भएको उक्त खेलमा प्राप्त नतिजासँगै केन्याले समग्रमा ५-१ को फराकिलो अग्रतासहित विश्वकपमा स्थान बनाएको हो । यसअघि भएको पहिलो लेगको खेलमा पनि केन्याले जित हासिल गरेको थियो । मुख्य प्रशिक्षक मिल्ड्रेड ओमारी चेचेको नेतृत्वमा केन्याली टोली दोस्रो पटक विश्वकपका लागि छनोट भएको हो ।
यसअघि सन् २०२४ मा केन्याले यस प्रतियोगितामा पहिलो पटक ऐतिहासिक डेब्यु गरेको थियो। । टोलीको यस सफलताप्रति खुशी व्यक्त गर्दै केन्याका राष्ट्रपति विलियम रुटोले भर्चुअल माध्यमबाट टोलीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।