नवलपरासी फोटोग्राफर संघको छैठो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न । 

नवलपरासी । नवलपरासी फोटोग्राफर संघको बर्दघाटमा सम्पन्न छैठो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट नयाँ कार्यसमितिको चयन गरेको छ ।

उक्त कार्यक्रमको सभापतित्व यस संघका अध्यक्ष प्रेम गौतमले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथी नेपाल फोटोग्राफर संघका बरिष्ठ उपध्यक्ष श्रीराम कण्डेलले पानसमा दीप प्रज्जवलन गरि उद्धघाटन गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्षहरु लगायत फोटोग्राफी व्यवसाय र फोटोग्राफीसँग सम्बिन्धित व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो । सोही कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य फोटोग्राफर तथा महिला फोटो ग्राफरलाई सम्मान गरियो।

सफलता पूर्वक सम्पन्न अधिवेशनले सन्तोष श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्बसहमात चयन गरेको हो ।

कार्यसमिति सदस्यहरुमा ११ जना चयन गरेको छ, जस अन्तर्गत अध्यक्षमा सन्तोष श्रेष्ठ ,उपध्यक्षमा यज्ञमुर्ती भण्डारी (शिव) महासचिवमा सुरज चालिसे , सचिवमा टेक राज भट्टराई , कोषाध्यक्षमा अनमोल आचार्य र सदस्यहरुमा आलोक श्रेष्ठ ,आशिष गैरे,अकलेस जायसवल,गोरख चौधरी, केदारनाथ कुशवाह, र जयप्रकाश नापित कार्यसमिति पदाधिकारी चयन गरेको छ । फोटोग्राफर संघको विधान अनुसार नव कार्यसमितिको कार्यकाल ३ वर्षको कायम रहने छ ।

अध्यक्षमा चयन भएपछि सन्तोष श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिदैँ आफ्नो कार्यकालमा संस्थामा आवद्ध फोटोग्राफर साथीहरुले गर्व गर्न लायक काम गर्ने बताए । मेरो कार्यकालमा फोटोग्राफर साथीहरुलाई नयाँ प्रविधि मैत्री बनाउन समय सापेक्ष तालिम प्रदान गर्ने, राज्यले प्रदान गर्ने व्यावसायिक हितमा फोटोग्राफरहरूको हक अधिकार र सम्मानित पेसाको रूपमा अगाडि बढाउन पहल गर्ने बताए ।

त्यसैगरी संस्थामा आबद्ध फोटोग्राफरहरूको सामूहिक बीमा गर्ने प्रतिबद्धता, आफैले सुरु गरेको केपीए वेडिङ फोटोग्राफर अवार्डलाई निरन्तरता दिने, नेपालमा फोटोग्राफी सम्बन्धी एक्स्पो गर्न पहल गर्ने, फोटोग्राफरहरूको क्षमतालाई आधिकारिकता प्रदान गर्न सरकारी निकाय सिटिइभिटिबाट फोटोग्राफरहरूको स्किल टेस्ट (सिप परीक्षण) गर्ने प्रक्रियालाई पूर्णता दिने जस्ता फोटोग्राफरको हक हितमा काम गर्ने बताए ।