बुटवल कालिका क्याम्पसमा तीज उत्सव : नृत्य र बिबिएस चौथो वर्षमा उत्तीर्ण विद्यार्थीलाई सम्मान , निकट भविष्यमै एमबीएस सञ्चालन हुने

भदौ ८ । हरितालिका तीजको अवसरमा बुटवल कालिका क्याम्पसले आयोजनामा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ। क्याम्पसमा भएको कार्यक्रममा नेहा आलेको समूह प्रथम, भूमिका अर्यालको समूह दोस्रो र बिपना भण्डारीको समूह तेस्रो भएका छन्।
सोही अवसरमा हालै त्रिवि प्रकाशन गरेको बीबीएस चौथो वर्ष २०८१ को परीक्षामा सफल सम्पूर्ण विद्यार्थीलाई क्याम्पसले सम्मान गरेको छ। नियमिततर्फ सहभागी विद्यार्थीमध्ये २० जना विशिष्ट श्रेणी र १११ जना प्रथम श्रेणी सहित उत्तीर्ण भएका थिए। सम्मान कार्यक्रममा क्याम्पस अध्यक्ष होमबहादुर गलामीले बुटवल कालिका क्याम्पसले उत्कृष्ट नतिजा हासिल गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो । साथै अध्यक्ष गलामीले उत्कृष्ट नतिजा प्राप्त गर्नमा विद्यार्थी,प्राध्यापक र क्याम्पसको समन्वयात्मक पठनपाठनको प्रतिफल भएको बताउनुभयो । त्यस्तै क्याम्पस प्रमुख घनश्याम पाठकले सफल विद्यार्थीहरूलाई बधाई दिँदै निकट भविष्यमै एमबीएस सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।


कार्यक्रमको अध्यक्षता प्राध्यापक झरना खनालले गर्नुभएको थियो भने क्याम्पस सञ्चालन समितिका अध्यक्ष होमबहादुर गलामी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमकोको संयोजन प्राध्यापक लक्ष्मी पाण्डेले गर्नुभएको थियो भने प्राध्यापक मुमाया थापाको संयोजकत्वमा प्राध्यापक नभिन्ता शाक्य र विकास श्रेष्ठ निर्णायक मण्डलमा रहनुभएको थियो।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख महेश पाण्डे, बीबीएस कोर्डिनेटर बुद्धिराम चौधरी, बिसीए कोर्डिनेटर आशिष न्यौपाने, प्राध्यापक सङ्घ इकाइ अध्यक्ष इवराज तिवारीसहित विषयगत संयोजक, साट संयोजक आरएमसी संयोजक, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यार्थी ममता कार्की र एन्जिला पौडेलले सञ्चालन गरेका थिए।