
पर्वत । राष्ट्रिय युवा संघ नेपालको अधिवेशनलाई लिएर एमाले पार्टी कार्यालयमा भएको झडपमा परी घाइते भएका एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी अस्पताल भर्ना भएका छ्न ।
उनको अहिले प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ ।
पहाडीको छाती र टाउको दायाँ भागमा समस्या देखिएकोले उपचारका लागि अस्पताल भर्ना गरिएको सचिव सुवासचन्द्र पौडेलले जानकारी दिए । झडपलाई छुट्यान खोज्दा उनी माथी नै मुक्का प्रहार भएको बताइएको छ ।
आज पर्वत एमालेमा राष्ट्रिय युवा संघ नेपाल पर्वतको ९ औं अधिवेशनलाई लिएर विवाद हुँदा दुई समुह बीच झडप भएको थियो ।