यूएईमा “स्याङ्जा सहयोग समाज”द्वारा तीज धमाका २०२५ आयोजना हुँदै

दुबई। यूएईमा “स्याङ्जा सहयोग समाज”द्वारा तीज धमाका २०२५ आयोजना हुने भएको छ।
प्रवासी नेपालीहरूको एकता, संस्कृति र मनोरञ्जनको संगमका रूपमा स्याङ्जा सहयोग समाज यूएईले आगामी १७ अगस्ट २०२५ (आईतबार)का दिन दुबईको क्लब एभरेस्ट, अस्टोरिया होटल बर दुबईमा भव्य “तीज धमाका २०२५” कार्यक्रम आयोजना गर्न लागेको छ।

संस्थाका अध्यक्ष कल्पित भण्डारी, महासचिव विष्णु गैरे, कार्यक्रम संयोजक रेशम खनाल र सांस्कृतिक विभाग प्रमुख हरि डुम्रेको संयोजनमा हुन लागेको यस कार्यक्रमको आकर्षण नेपालका लोकप्रिय कलाकारहरू रहनेछन्।

कार्यक्रममा लोकप्रिय गायक पशुपति शर्मा,गायिका जानकी तारमी मगर, कोपिला न्यौपाने, नरेन सापकोटा, नारायण न्यौपाने, अर्जुन न्यौपाने, छविकिरण भट्टराइ, कल्पना सिग्देल, सुरक्षा अधिकारि र गोपाल भट्टराइसहितका अन्य कलाकारहरूको विशेष प्रस्तुति  रहने छ। त्यस्तै कार्यक्रम सञ्चालन हरि डुम्रेले गर्ने समाजले जनाएको छ।

यसअघि पनि स्याङ्जाली समुदायले प्रवासमा बसेर दशैं, महाशिवरात्रि, तीजजस्ता सांस्कृतिक चाडहरू, बनभोज तथा भजन सन्ध्या कार्यक्रम गर्दै आएको छ। सांस्कृतिक र सामाजिक एकता बलियो बनाउने उद्देश्यले आयोजना गरिँदै गरेको तीज धमाकामा स्याङ्जाली मात्र नभई सम्पूर्ण नेपाली समुदायको सहभागिता रहने युएई बाट अतित भुसालले जानकारी दिए।