रुपन्देहीको शुद्धोधन ५ मानपकडीमा थारु सांस्कृतिक  माघी (खिचडी) महोत्सव सम्पन्न भएको छ। थारुहरुको नव वर्ष २६४८ को अवसरमा थारु कल्याणकारी सभा शुद्धोधनको आयोजनमा शुक्रबार बाट सुरु भएको कार्यक्रम शनिबार शुद्धोधन ५ भुमेश्र्वर कोटहीमाई दर्बाहवा मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ।कार्यक्रममा थारु कल्याणकारी सभा शुद्धोधनका अध्यक्ष बद्रीप्रसाद थारूको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको महोत्सवमा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले पानशमा दिप प्रज्वोलन गरि उद्घाटन गर्नुभएको थियो। सो महोत्सवमा बस्यालले बोल्दै एउटा जाती मात्र नभइ सभ्यता नै भएको हुनाले यसलाई विकास गरेर लैजानुपर्ने बताउदै ।थारुका विभिन्न चाडपर्वले थारुहरु बिचमा पारस्परिक सम्बन्ध स्थापित एंव भातृत्व विकासका लागि महत्त्वपूर्ण हुने बताउदै। बस्यालले थारुको माघी पर्व थारुहरुको मात्र पर्व नभइ पहाडी र हिमालमा बस्ने अन्य जातिहरुले पनि अपनत्व ग्रहण गरेको बताउनुभयो ।उहाले थारुको संस्कृत संबद्वनका निम्ति गाउँपालिका लागिपरेको यस थारु समुदायले उठाएको जिज्ञासालाई पालिका का सबै वडाका वडा अध्यक्ष हरु ले गम्भीरताका साथ लागि पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा शुद्धोधनका विभिन्न टोल तथा गाउँ गाउँ बाट ल्याइएका संस्कृती झल्काउने झाकीहरुको प्रदर्शन , स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहेको थियो । यस्तै कार्यक्रममा विभिन्न थारु परिकारहरुका स्टल समेर राखिएको थियो ।
 
 
 
        					        				
            
            
            
            
            