देवदह । रुपन्देही देबदह नगरपालिकामा रहेको आत्मरक्षा बचत तथा ऋण सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा तथा चौथो अभिवेश सम्पन्न गरेको छ । अधिवेशनले राजेन्द्र पराजुलीको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा खेमलाल चापागाईं सचिवमा लता चापागाईं, कोषाध्यक्षमा ओम बहादुर अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा मन बहादुर गुरुङ, वर्षा तिवारी, सुरेश राना, सावित्रा विश्वकर्मा, गिता श्रेष्ठ, नवराज काफ्ले, कृष्ण कुमारी ठकुरी खत्री, लेमा देबी अधिकारी, एकनारायण न्यौपाने चयन भएको निर्वाचन समिति सदस्य केशवराज शर्मा पराजुलीले जानकारी दिए । यस्तै लेखासमिति संयोजकमा लाल बहादुर अधिकारी, सदस्यहरुमा लिला कुमारी थारु र पुनम देबी भण्डारी चयन भएका छन् ।
यसअघि भएको साधारणसभा तथा अधिवेशनको उद्धाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अब्दुल राज्जाकले सहकारीहरु जोखिममा रहको बताउँदै सहकारी बलियो हुने शेयर सदस्यहरु चनाखो हुनुपर्ने बताउनुभयो ।
उनले सहकारीहरुले अब रोजगारीलाई जोड्नेगरी काम गर्नुपर्नेमा जोड दिए कार्यक्रममा देबदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हिरा बहादु्र खत्री, सहकारी बैंक बुटवलका नारायण बेल्बासे, संस्थापक अध्यक्ष लेट बहादुर पुन, संस्थापक उपाध्यक्ष चन्द्र बहादुर बिक, सहकारीकाद अध्यक्ष जित बहादुर पाईजा, सहकारीका सचिव हर्क बहादुर खत्री,सदस्य खेमलाल चापागाईं लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष जित बहादुर पाईजाले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष राजेन्द्र पराजुलीको वार्षिक प्रतिवेदन तथा लेखा समिति संयोजक छम बहादुर अधिकारीले प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा असल ऋणी, उत्कृष्ट बचतकर्ता, बिभिन्न तहमा उत्तिर्ण शेयर सदस्यका बिद्यार्थी सन्तान, जेष्ठ नागरिक, प्राविधिक विषयमा गरि २० जनालाई नगद सहित सम्मान गरिएको थियो । २०७० सालमा स्थापना भएको सहकारीमा २१ सय ४० शेयर सदस्य छन् । सहकारीको कुल पूजी १९ करोड ३२ लाख रहेको छ ।