लुम्बिनी, असाेज १३ । लुम्बिनी विकास कोषका पदाधिकारीहरु माथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरुले सार्वजनिक रुपमा लिखित क्षमा याचना गरेपछि उत्पन्न विवाद समाधान भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आइतबार बसेकाे बैठकमा काेषका पदाधिकारी, पूर्व मन्त्री संघीय सासद र सराेकारवालाहरूकाे बैठकमा चार बुदे सहमती गरेकाे हाे।
काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, रूपन्देही क्षेत्र नम्बर ५ का संघीय सासद वासुदेव घिमिरे, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पूर्वमन्त्री चन्द्रप्रकाश खनाल बलदेव, पूर्वमन्त्री वकिल मुसलमान, काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, याेजना प्रमुख स्मिता भट्ट, निर्माण व्यवसायीका तर्फबाट बाबुल निर्माण सेवाका ताैफिक अहमद खान, लुम्बिनी अनक खड्का कृष्ण जेभिका देवराज गाैतम, खानी अर्घाखाँची बाबुल निर्माण सेवाका सन्ताेष अधिकारी, रमन गजुरमुखी रामजानकी जेभिका राजीव शाह, लामा एपेक्स कमलजितका प्रभातकुमार झा, सिद्वार्थ उद्याेग बाणिज्य संघका उपाध्यक्ष गाेविन्द ज्ञवाली, रूपन्देहीका प्रहरी प्रमुख रजितसिह राठाैर लगायतले हस्ताक्षर गरि सहमती गरिएकाे हाे ।
सहमतीमा काेषमा आगामि दिनमा यस्ता कृयाकलापहरु नगर्ने/नगराउने प्रतिवद्धता समेत व्यक्त गरिएकाे छ । यस्तै असाेज ८ गते भएकाे घटनामा संलग्न दोषिहरु उपर निष्पक्ष छानबिन गरी कारवाहीको प्रकृया अगाडि बढाउने बैठकले निर्णय गरेकाे छ ।
यस्तै निर्माण व्यवसायीहरुको तर्फबाट परिचालन हुने सव कन्ट्याक्टर लयायतका अन्य व्यक्तिहरुको जिम्मेवारी/जवाफदेहिता स्वयं निर्माण व्यवायीहरुले लिने , निर्माण व्यवसायीहरुले सम्पादित कार्यको नियमानुसार पाउने भुक्तानी तत्काल गर्ने व्यवस्था लुम्बिनी विकास कोषले मिलाउने निर्णय भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
निर्माण व्यवसायीहरुले उप्रान्त घेराउ, धर्ना लगायतका कृयाकलापहरु नगर्ने/नगराउने सहमती समेत भएकाे काेषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। गत असाेज ८ गते उपाध्यक्ष सहितका पदाधिकारीलाई गालीगलाैज गर्दै निर्माण व्यवसायी सम्बद्व व्यक्तिहरूले काेषाध्यक्ष र सदस्यसचिवमाथि हातपात र दुर्व्यहार गरेका थिए ।
        					        				
            
            
            
            
            