About Contact
२४ आश्विन २०८१, बिहिबार
Close
बिज्ञापन
नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ

न्युज एजेन्सी नेपाल शुक्रबार, आश्विन ११, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली छाएको छ ।

गत असोज १० गते बिहीवार (हिजो) राष्ट्रपति रामचन्द्र पौडेलले नारायणी नदीमाथि बनाइएको १५७२ मिटर लामो त्रिवेणी महेशपुर (सुस्ता) मल्टिसपान झोलुगे पुल उद्घाटन गरेसँगै स्थानीयवासी हर्षित भएका हुन् । उनीहरुले वर्षोदेखि डुंगाको जोखिमपूर्ण यात्राबाट पार पाइएको र नेपाली भूमिबाटै जिल्लाको बजार र सदरमुकाम जानका लागि धेरै सहज भएको प्रतिक्रिया दिएका छन् । सो झोलुंगे पुलले आफूहरुलाई धेरै सुविधा दिएकाले आफूहरु सबै खुशी रहेका स्थानीयवासीको भनाई थियो ।
स्थानीयले भनेका छन्, ‘पहिला पुल थिएन । डुंगामा जानुपर्ने अवस्था थियो । अब अहिले पुल बन्यो । सबैलाई सुविस्था भयो, राम्रै भयो । हामी धेरै खुशी छौं । ’

सो अवसरमा राष्ट्रपति पौडेलले सो क्षेत्रका लागि एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति पनि शुभारम्भ गर्नुभएको थियो । सोलार पावरमा भर पर्नुपर्ने अवस्था अन्त्य भएको भन्दै स्थानीयले आपसी खुशी साटासाट गरे । अब २४ घण्टा नै बिजुली बत्ति आउने आशा आफूहरुले गरेको उनीहरुको भनाई थियो । स्थानीयले भनेका छन्, ‘पहिला सोलार प्लान्टमा चल्दै थियो । अब विद्युत जोडिएपछि यहाँ २४ घण्टा नै विद्युत उपलब्ध हुन्छ । अब रातदिन बत्ती बल्छ भन्ने पनि लागेको छ ।’

सुस्तामा सो पुल बनेसँगै डुंगामा भाडासहित जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ । पुलको अभावमा सरकारी सेवा लिन समेत भारतको भूमिहुँदै गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्था थियो ।

सम्बन्धित

bimal

tank

ताजा अपडेट
भुजहवा प्रहरी चौकीद्धारा तपाईंको हेल्मेट खोई अभियान सुरु
मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com