About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
सुस्तावासीसँग राष्ट्रपतिको प्रतिवद्धताः आर्थिक अवस्था सबल भएसँगै मोटर पुल बनाइदिन्छौँ

न्युज एजेन्सी नेपाल शुक्रबार, आश्विन ११, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

राष्ट्रपति रामचन्द्र पौडेलले सशक्त राज्य निर्माण भएमात्रै नागरिकले दुःख व्यहोर्नु नपर्ने बताउनुभएको छ ।

भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्गे पुल औपचारिक उद्घाटन गर्दै बिहीवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्य जति बलियो, सशक्त र सम्पन्न हुँदै जान्छ त्यति नै दुःखका दिनहरु हट्दै जाने बताउनु भयो । उहाँले सुस्ताबाट औद्योगिक क्रान्ति गर्न सकिने भन्दै उद्योगहरु खोल्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले आर्थिक रुपले नेपाललाई धनी बनाउने काम सुस्ताबाट शुरु हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरुले उद्योग खोल्नुस्, आर्थिक रुपले नेपाललाई धनी बनाउने काम यो ठाउँबाट गर्नुस् । यो झोलुंगे पुल मात्रै होइन । अहिले हामी अलि गरिब नै छौँ । अलि हाम्रो आर्थिक हैसियत राम्रो भएपछि मोटर पुल बनाइदिन्छौँ । केही वर्ष पर्खनै पर्छ । तर तपाईंहरु चिन्ता नगर्नु होला । यो राज्य जति बलियो हुँदै जान्छ, नेपाल जति सशक्त हुँदै जान्छ, सम्पन्न, समृद्ध हुँदै जान्छ । त्यति त्यति हाम्रा दुःखका दिनहरु हट्दै जान्छन् ।’

उहाँले अहिले देशको आर्थिक स्थिति कमजोर रहेको भन्दै आर्थिक स्थिति सबल भएसँगै मोटर पुल बनाइदिने सुस्तावासीसँग प्रतिवद्धता जनााउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com