लुम्बिनी, असाेज १० । लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले भगवान बुद्धले २९ बर्ष विताएकाे तिलाैराकाेट दरबार क्षेत्रकाे निरीक्षण भ्रमण गरेका छन । लुम्बिनी विकास काेषका वरिष्ठ निर्देशक ज्ञानिन राइलाई लिएर तिलाैराकाेट पुगेका लामाले पछिल्लाे समय भइरहेकाे कार्यप्रगतिकाे जानकारी लिएका थिए । अहिले तिलाैराकाेट सरसफाइकाे काम चलिरहेकाे छ । तिलाैराकाेट विश्व सम्पदा सुचिमा सुचिकृत हुने अन्तिम तयारीमा छ ।
तिलाैराकाेट शाक्य राज्यकाे राजधानी र राजा सुद्धाेधनकाे दरबार रहेकाे क्षेत्र हाे । बुद्धले गृहस्त जीवन परित्याग गर्नु अघिकाे सम्पूर्ण जीवन साेही स्थानमा विताएका थिए । बुद्धले सारथि (छन्द) कन्थक (घाेडा) लिएर मध्यरातमा दरबारकाे पूर्वी द्वारबाट गृहत्याग गरेकाे बाैद्धशास्त्रहरूमा उल्लेख गरिएकाे छ ।