About Contact
२४ आश्विन २०८१, बिहिबार
Close
बिज्ञापन
दलितलाई खै अभियानलाई संयुक्त दलित संर्घष समिति रुपन्देहीको ऐकेबद्धता

दर्पण पोष्ट शुक्रबार, आश्विन ०४, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही । खगेन्द्र सुनारको नेतृत्वमा काठमाडौँ सञ्चालित दलितलाई खै अभियानलाई संयुक्त दलित संर्घष समिति रुपन्देहीले ऐकेबद्धता जनाएको छ । समितिले बुटवलमा खबरदारी कार्यक्रमको आयोजना गरेर नेपालको संविधान २०७२ को धारा २४ र ४० मा भएको व्यवस्था अथासिघ्र्र गरीएको हो । कार्यक्रममा संर्घष समितिका अध्यक्ष हरीओम बिकले दलितहरुले संविधानप्रद्धत अधिकार समेत प्रयोग गर्न नपाएको दुखेसो गरे । संविधान दिवसमा संविधानको स्वागत गर्नु पर्ने समयमा चिसो मन लिएर संविधान बिरुद्ध बोल्नु परेको बताए । जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य सावित्री विश्वकर्माले दलितका अधिकार कुण्ठित गर्न खोजे आन्दोलनको आधि ल्याउने बताइन । उनले राजनैतिक दलका नेताहरु दलित अधिकारको बिषय पार्टी भित्र राख्न डराउनु नहुनेमा जोड दिइन । नेपाल दलित संघका नेता रवी बिश्वकर्माले दलित आन्दोलन सुस्ताउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले दलित आन्दोलनमा युवा पुस्तालाई पनि समावेश गर्नु पर्ने बताए । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही अध्यक्ष टंक सुनारले समानता चाहाने सबै शक्तिलाई साथमा लिएर अघि वढ्नु पर्नें बताए । एक अर्कालाई गालि गरेर भन्दा पनि हाते मालो गरेर वढ्नु पर्ने आजको आवश्यकता भएको उनको भनाई छ । परियार सेवा समाज रुपन्देहीका उपाध्यक्ष नगेन्द्र परियाले अहिलेको व्यवस्था ल्याउन दशौँ हजार मानिसको रगत बगेको स्मरण गर्दै अधिकार मुठ्ठीभर मानिसहरुले मात्रै राख्न खोजे अर्को आन्दोलन हुने चेतावनी दिए । संयुक्त संर्घष समितिका उपाध्यक्ष लोक बहादुर परियारले दलितको मागहरु नजरअन्दाज गरेर हतिबद्ध आन्दोलन हुन सक्ने चेतावनी दिए । समितिका सचिव पदम बिकले सरकारले दलितहरुलाई सधैँ माग्ने बनाएर राख्न खोजेको आरोप लगाए । संविधानमा स्पष्ट रुपमा लेखिएको कुरालाई ऐन बनाउन ढिला सुस्ती गरेर अल्झाउन खोजिएको उनको बुझाई छ । कार्यक्रममा विभिन्न दलित सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

bimal

tank

ताजा अपडेट
भुजहवा प्रहरी चौकीद्धारा तपाईंको हेल्मेट खोई अभियान सुरु
मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com