सुनवल । नदीजन्य पदार्थ चोर्दा सुनवलन नगरपालिकाको जेसीभी र मिनि टिप्पर बनको नियन्त्रणमा लिएपछि दैनिक फोहार मैला नगरले उठाउन नआएपछि टेक्टर व्याव्सयीहरु फोहार मैला उठाउन थालेका छान । नगरका युवाहरु आपmनो निजि टेक्टरबाट नगरभित्राको फोहारमैला उठाएका छान । नदीबाट अवैध उत्खनमा संलग्न सुनवल नगरपालिकाको जेसीबी र दुईटा मिनि टिपर डिभिजन बन कार्यालयले ८ गतेका दिन नियन्त्रणमा लिएको हो । खोला निकासी प्रतिबन्धित समयमा पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि ढुवानी गरिरहेको अवस्थामा डिभिजन बन कार्यालयले नियन्त्रणमा लिएको कारणले ३ दिन देखि फोहरमैला नगरपालिकाले उठाउन नआएकाले हामी टेक्टर व्यावसयिहरु नगरको फोहरमैला उठाउने कार्य गरेको बिपिन ठाकुरीले बताए ।
सुनवल नगरपालिकाले नगरकार्यपालिकाको निर्णय र जिल्ला विपद व्यवस्थापन समतिको निर्णय बेगर प्रक्रिया नपु¥याई आफनो मनोमानी ढंगबाट चोरी शैलीमा सुनवलको तुरिया खोलाबाट नदीजन्य पदार्थ झिकि रहेको स्थानियले देखेपछि उनीहरुको चर्काे विरोध पछि बन कार्यालयले एउटा जेसीभि र दुईटा मिनी टिपर नियन्त्रणमा लिएको हो । नगरपालिकाको गाडीहरु वनको नियन्त्रणमा छ नगरले फोहर मैला नउठाएको खण्डामा हामी आफनै निजी टेक्टरबाट नगरको फोहर मैला उठाउछौ सुमान थापाले बताए ।
आफत विपदका बेला स्थानियहरुले नदीजन्य पदार्थ झिक्न खोज्दा पालिकाले नियमन गर्ने र आफुँ सिधै चोरी शैलीमा बिना कुनै निर्णय र सरोकार राख्ने निकायसंग समन्वय नगरि कानुनको धज्जी उडाउदै मनमानी गरिरहेको हेर्दा आफुँ सुनवलबासीहरु लज्जित हुन परिरहेको स्थानियहरुको भनाई छ । यता नगरपालिकाले प्रक्रिया नपु¥याई सिधै नदीबाट ग्रावेल झिकेकाले यस्तो समस्या आएको नगरपालिकाले स्वीकारेको छ यस अवस्था नगर फोहारमैला नउठाउन पाउदा लज्जित महासुश गरेको नाम नबातोउने सार्तमा एक कर्माचरीले बताए ।
डिभिजन बन कार्यालयको निमित्त कार्यालय प्रमुख मोहन प्रसाद गजुरेलले उक्त घटनाको अनुसन्धानका लागि अनुसन्धान अधिकृत खटाइ अनुसन्धान कार्य भैरहेको जानकारी दिनु भयो ।