About Contact
०९ जेठ २०८१, बुधबार
Close
बिज्ञापन
‘पुजार सार्की’मा फरक, जटिल र महत्वपूर्ण भूमिकामा छु : पल शाह

दर्पण पोष्ट बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । अभिनेता पल शाह यतिबेला फिल्म ‘रावायण’को छायांकनका लागि जनकपुर र सर्लाहीमा छन् । उनी अभिनित फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेबाट दर्शकमाझ आउँदैछ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको ट्रेलरमा निर्देशकको दृष्टिकोणबाट आफूलाई सृजनशील तवरले देखाइएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । फिल्ममा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई फिल्म हलमा चुले निम्तो दिन चाहन्छु । हामी हलमै भेटौँला है ।’

उनले फिल्मको ट्रेलरलाई एक दिनमा नै दशलाख पटक हेरेकोमा खुसी व्यक्त गरेका छन् । ‘म अर्को फिल्म ‘रावायण’को छायाङ्कनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिनँ, त्यसको लागि क्षमा चाहन्छु,’ शाहले लेखेका छन्, ‘मैले यो चलचित्रमा अन्य चलचित्र भन्दा निकै फरक, जटिल र महत्वपूर्ण भूमिकामा अभिनय गरेको छु । ट्रेलरबाट तपाईँले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु ।’

उनले आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्बिर शेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा लेखेका छन्, ‘मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु । यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु । ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्वपूर्ण भूमिका भने रहेको छ ।’

दिनेश राउतको निर्देशन रहेको फिल्ममा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ। यसका लेखक विकास सुबेदी हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
देवदह संचार डाइरेक्टरी विमोचन
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com