About Contact
०७ जेठ २०८१, सोमबार
Close
बिज्ञापन
विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा

दर्पण पोष्ट बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू विराटनगर पुगेका छन् ।

कोशी प्रदेशका विभिन्न शहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया लगायतका देशका ओलम्पिक खेलाडी विराटनगर पुगेका हुन् । विराटनगर विमानस्थलमा बुधवार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आठ जना ओलम्पिक खेलाडीलाई स्वागत–सम्मान गर्नुभयो । खेलाडीहरूलाई स्वागत गर्दै उपाध्यक्ष कार्कीले ओलम्पिकजस्तो खेलकुदको महाकुम्भमा सहभागिता जनाएका खेलाडीलाई कोशी प्रदेशमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनु भयो । नेपाल ओलम्पिक एशोसिएशनकी सचिव देवु थापाले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रश्तुत गरिसकेका खेलाडीलाई फेरि एकै स्थान उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको बताउनु भयो ।

खेलाडीसँगै आउनुभएका हास्यकलाकार सन्दीप क्षेत्रीले राष्ट्रका गहना मानिने खेलाडीको सम्मानमा यस्तो कार्यक्रम आयोजना हुँदा खेल क्षेत्रले फड्को मार्ने बताउनु भयो । उहाँले पुनर्मिलन कार्यक्रमले पुराना खेलाडीमा सम्मान महशुस दिलाउनेमात्र नभइ खेलक्षेत्र प्रवेश गर्दै गरेका युवा पुस्तामा पनि हौसला मिल्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एशोसिएशनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीलाई सहभागिता गराइने बताइएको छ । विदेशी ओलम्पियनस पनि कार्यक्रममा सहभागी हुनेछन् । चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवद्र्धनमा जोड मिल्नेगरी अघि बढाइने बताइएको छ । खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बोर्डले जनाएको छ । —न्युज एजेन्सी नेपाल

सम्बन्धित

ताजा अपडेट
देवदह संचार डाइरेक्टरी विमोचन
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com