About Contact
०९ जेठ २०८१, बुधबार
Close
बिज्ञापन
राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

दर्पण पोष्ट शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको हो ।

 

राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गर्नुभएको थियो ।

शनिबार सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ ।

सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखस् (जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
देवदह संचार डाइरेक्टरी विमोचन
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com