About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
पाकिस्तानको क्वेटामा भएको बम विस्फोटमा ९ जना घाइते

न्युज एजेन्सी नेपाल बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा शहरमा भएको बम विस्फोटमा एक जना प्रहरीसहित ९ जना घाइते भएका प्रहरी र स्वास्थ्य अधिकारीहरूले बताएका छन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको जरघून रोडको छेउमा रहेको फोहोरको थुप्रोमा बिस्फोट भएको स्थानीय प्रहरीले बताएको छ । प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई क्वेटाको ट्रमा सेन्टर तथा आपतकालीन विभागमा सारिएको छ । केन्द्रका प्रवन्ध निर्देशक अरबाब कामरानले घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र सघन उपचार कक्षमा उपचार भइरहेको छ । प्रहरीले उक्त क्षेत्रलाई घेरा हालेर अनुसन्धान थालेको छ । बम फोहोरको छेउमा राखिएको र तीन बालबालिका त्यसमा खेल्दै गर्दा बिस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सन्दीपविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा
हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com