About Contact
०३ आश्विन २०८१, बिहिबार
Close
बिज्ञापन
चीनको लागि जासुसी गरेको आरोपमा जर्मन सांसदका सहायक कर्मचारी पक्राउ

दर्पण पोष्ट मंगलबार, बैशाख ११, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ ।

चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ ।

जियान जी नामका यी व्यक्ति करिब बीस वर्षअघि यहाँ विद्यार्थीका रूपमा आएका थिए । जियानमाथि युरोपेली संसदका सदस्य म्याक्सिमिलियन क्राहसँग काम गर्दा चीनमा संवेदनशील सूचना पठाएको आरोप छ ।

जियानले दक्षिणपन्थी एएफडी पार्टीका राजनीतिज्ञ म्याक्सिमिलियन क्राउसको सहायकको रूपमा काम गरेका थिए । उनीमाथि जर्मनीमा रहेका चीन विरोधी कार्यकर्ताको सूचना संकलन गरी चीनलाई सुम्पेको आरोप पनि लागेको छ ।

केही दिनअघि मात्रै जर्मन प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो ।

यी व्यक्तिहरूमाथि जर्मनीको सैन्य प्रविधिसँग सम्बन्धित सूचना चोरेर चीनमा पठाएको आरोप छ। बेलायतमा पनि चीनका लागि जासुसी गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य मात्र रु ११,९९० मा
निःशुल्क स्वास्थ्य शिविर सुनवलमा

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com