About Contact
०३ कार्तिक २०७७, सोमबार
Close
बिज्ञापन
आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं । आज दिउँसो चार बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक मंगलबार दिउँसो चार बजे सम्मका लागि स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बैठक गएको बिहीबारदेखि बस्न सकेको छैन । ...

कांग्रेसले सङ्घीय संसद्का सदस्यहरु लाई सरकारले उपलब्ध गराएको दशैँ भत्ता बापतको रकम फिर्ता गर्ने

काठमाण्डौ – नेपाली कांग्रेसले सङ्घीय संसद्का सदस्यहरु लाई सरकारले उपलब्ध गराएको दशैँ भत्ता बापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु लाई उपलब्ध गराइएको दशैँ भत्ता फिर्ता गर्ने ...

नेकपा नेता गोकर्ण विष्टले दशै खर्च वापतको सुविधा गरे फिर्ता

विवश विष्ट, बुटवल । देशले कोरोना महामारीको सामाना गरिरहेको छ । नागरिकहरुले उपचारमा समेत कठिनाई भोगिरहेको अवस्थामा प्रतिनिधि तथा पर्देश सभाका सांसदहरुले भने दशै भत्ता लिइरहेको अवस्था छ । गुल्मी जिल्ला क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य तथा नेकपाका ...

लुम्बिनीका  जनप्रतिनिधिले चाडपर्व खर्च नलिने

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ। मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आइतवार प्रेस नोट जारी गरी त्यहाँका जनप्रतिनिधिले चाडपर्व खर्च नलिने जनाएका हुन्। प्रदेश सरकारले प्रदेश अन्तर्गत र स्थानीय तहका कुनै पनि ...

कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना

काठमाडौं । कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना हुन थालेपछि सांसदहरुले भत्ता नलिने घोषणा गर्न थालेका छन् । संसद सचिवालयले सांसदहरु लाई दशैं भत्ता दिएको भनी सर्वत्र आलोचना भइरहेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस ...

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै कांग्रेसले आन्दोलन गर्ने

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दशैँ लगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी ...

 ५ लाख मेट्रिक टन मल ल्याउन भगवान शिव वा ब्रम्हा आए पनि नसक्ने कृषिमन्त्री भुसालको टिप्पणी

काठमाडौँ — कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हा आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताएका छन् । ४० औँ विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ५ ...

नवनियुक्त तीन  मन्त्रीको सपथ ग्रहण

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । हिजो नियुक्त हुनुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले ...

नयाँ जिम्मेवारी पाउनुभएको मन्त्रीहरुको शपथ कार्यक्रम आज

काठमाण्डौ । नयाँ जिम्मेवारी पाउनुभएको मन्त्रीहरुको शपथ कार्यक्रम आज बिहान साढे ११ बजेका लागि तय भएको छ । नवनियुक्त तीन मन्त्रीले आज शीतल निवासमा शपथ लिने तय भएको हो । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आउनुभएको छ । यस्तै ...

वन पैदावार माथि लगाइएको रोक फुकुवा गर्नुपर्ने मन्त्री गिरीको भनाई

बुटवल । लुम्विनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले वन पैदावार माथि लगाइएको रोक फुकुवा गर्नुपर्ने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश महासंघले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री गिरीले सामुदायिक वनको काठमा ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com