जेठ – ४ नवलपरासी । नवलपरासी जिल्लाको प्रतापुर गाउपालीका वार्ड न. ५ बैदोलीमा आज देखि विष्णु महायज्ञ संचालन भएको छ ।
हिन्दु धर्मको रक्षा तथा स्थानीय शिव मन्दिरको विकास गर्ने उदेश्यले महायज्ञ संचालन गरिएको यज्ञ सम्पादन मुल समितिका अध्यक्ष लक्ष्मीकान्त मिश्रा बताउनु भयो ।माहायज्ञको अवसरमा आज बेतहानी ,बसहिया ,जगरनाथपुर, गुठी सुर्यपुरा हुदै कलशयात्राको वडा परिक्रमा गरि महायज्ञ प्रदेश सभा सदस्य अजय बहादुर शाही उदघाटन गर्नु भएको थियो ।कलशयात्रामा हजारौं भक्त श्रद्धालुहरूको सहभागीता रहेको थियो ।भने माहायज्ञमा बिहान ६ बजे देखि १० बजे सम्म हवन र परिक्रमा ,दिउसोमा १२ बजे देखि ४ बजे सम्म प्रवचन साझ ४ बजे देखि ६ बजे सम्म हवन र परिक्रमा र राति ८ बजे देखि २ बजे सम्म सास्कृतिक रामलिला कार्यक्रम संचालन गरिने बताईएको छ ।
माहायज्ञ जेठ १२ गते सम्म संचालन हुने बताईएको छ।भने दया सागर उप्धायले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।