अमृत भट्टराई / १ जेठ, बुटवल । टिप्परले ठक्कर दिदा बुटवलमा एक मोटरसाइकल चालक गम्भिर घाइते भएका छन । बुटवलको जितगढिमा भएको दुर्घटनामा अर्घाखाचिका २२ बर्षिय युवक अमृत पौडेल घाईते भएका हुन ।
पौडेलको लुम्बिनि अंचल अस्पताल बुटवलमा सामान्य उपचार पछि थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
बुटवलबाट पश्चिमतर्फ जादै गरेको लु २ ख २४४२ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको पौडेलले चलाएको लु २१ प ४७४६ नम्बरको मोटरसाईललाइ ठक्कर दिएको हो । मोटरसाइकललाइ ठक्कर दिएपछि अनियत्रित बनेको टिप्परले अन्य दुई कारलाई पनि ठक्कर दिएको थियो ।
टिप्परको ठक्करबाट लु १ च ८७८७ र बा ६ च ७५१७ नम्बरका दुई कारमा क्षति पुगेपनि मानबिय क्षती भने नभएको इलाका प्रहरि कार्यालय बुटवलले जनाएको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा राखेर घटनाको अनुसन्धान थालेको छ ।