About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
जेष्ठ महिनाको राशीफल

Darpanpost सोमबार, बैशाख ३१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष —वित्तियक्षेत्रमा प्रगति हुँदै जाने छ । भविष्यकोलागी योजना बन्ने छ , व्यापार व्यवसाय क्षेत्रमा प्रगति तथा ,शैक्षिकक्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ । अरुकोकाम गर्नैपर्ने तर जश मिल्ने छैन ् सावारी साधनबाट दुर्घटना हुने हुँदा बिचार गर्नुहोला , वैदेशिक कार्यमा अवरोध हुने छ । परिवारको काम काजमा व्यस्त हुनुपार्ला यो महिनाको लागी शुभ अकं ५ ,८ शुभ रगं मिश्रित ,दिशा पुर्व ॐ ह्रीं ॐ नमः मन्त्र जप तथा फलफुल भोजन गराउदा राम्रो हुनेछ ।

बृष — दाजुभाइ विचमा विवादको सामाना गर्नुपर्ला , सन्तानकोलागी चिन्ता भईरहनेछ । धार्मिक कामको लागी आकस्मिक यात्रा हुनेछ । छातीमा समस्या तथा जग्गा जमिनमा लगानी गर्नुपार्ला व्यापारमा घाटाहुनेछ । जागीरको अवसरमिल्नेछ । मनमा चोट पुग्नेकुराहरु सुन्नुपर्ने छ । बैदेशिक काममा बाधा आउन सक्छ । यो महिनाको लागी शुभ अकं ७,९ शुभ रगं सेतो पश्चिम दिशा शुभ ॐ बाशुदेवाय नमः मन्त्र जप तथा तिल दान गर्दा राम्रो हुनेछ ।

मिथुन — पारिवारिक भै—झगडामा फस्ने हुँदा बिचार गरेर बोल्नुहोला , खर्चमा तिव्रता हुनेछ । अध्ययन अध्यापनमा रुची हुने छैन । राजनितीमा खासै राम्रो हुने छैन् ।वैदेशिक यात्रा ,व्यवसायिक कुराकानी तथा योजनाकोलागी भेटघाट हुनुका साथै साँस्कृतिक समारोहमा सहभागी हुनुपर्ने छ । शुभ अकं १,५, हल्का पंहेलो , दक्षिण दिशा शुभ रहेको छ । ॐ बाशुदेवाय नमः मन्त्र जप तथा तिल दान गर्दा राम्रो हुनेछ ।

कर्कट —विशिष्टि व्यक्तिहरुको साथै देशबिदेशबाट पनि सहयोग प्राप्त हुनेछ । मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला, तर्कवितर्कले सताउने छ । चिन्ता बढेर जान सक्छ । मनमा शंका तथा डर चिन्ताले केहि काम नोक्सान पनि हुनेछ सजावटका सामाग्री खरिद विक्रीमा हुनेछ । बिनाकारणको आरोप लाग्न सक्छ । यो महिना भरि शुभ अकं ४ रगं हरियो दक्षिण दिशा शुभ रहेको छ। ॐ गोविन्दाय नमः मन्त्र जप तथा तेल दान गर्दा राम्रो हुनेछ

सिंह — परिवार तथा दाजुभाइमा विवादहुने छ । ससुराली तथा मावलीबाट घात हुने हुँदा कारोबारमा बिचार गर्नुहोला , जागिरमा बिवाद आउने हुँदा अग्रसर भएर काम नगर्नुहोला , स्वास्थ्यमा समस्या आउनसक्छ ,भुमिवाहनबाट नोक्सानी हुने योग रहेकोछ । संस्कृतिक कार्यमा सहभागी तथा उपहार प्राप्त हुनेछ । यो महिनाको लागी शुभ अकं ३, ७ शुभरगं हरियो ,सेतो र पश्चिम दिशाशुभ रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

कन्या — जिम्वेवारीका कामहरु आउने छन् । अध्यायन अध्यापनमा सफलता मिल्ने छ । रमाइलो यात्रा हुनुका साथै आर्थिक उन्नति तथा खर्चमा पनि तिव्रता हुनेछ । माया प्रेमको वातावरण सृजना हुनुका सथै सभासेमिनारमा सहभागी हुने अवसर मिल्नेछ । यो महिनाको लागी शुभ अकं १,३ ,रगं हल्का हरियो पश्चिम दिशा शुभ रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

तुला — धार्मिक क्षेत्रमा खसै मन जाने छैन् । पढाई लेखाइमा असन्तुष्टि हुनुपर्ला बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ भने झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्ने छन् । दाम्पत्य जिवनमा अरुले बाधा दिनेछन भने मिष्ठान्न भोजन पनि बेला बेलामा मिल्नेछ । यो महिनाको लागी शुभ अकं ७ रगं रातो ,उत्तर दिशा शुभरहेको छ । ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो हुनेछ ।

वृश्चिक — समय मध्यम रहेकोछ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयको काममा नोक्सानी हुने योग रहेकोछ । शरीरमा आलस्य आउने छ । घमण्ड आउन सक्छ । साहित्य लेखनमा मन जानसक्छ । माया पिरतीको कुराकानी हुनुका सथै भविष्यको चिन्ता बेला बेलामा आउनेछ । जगिरमा पदोन्नतिको समय आएको छ भने स्वास्थ्यमा ख्याल राख्नुहोला यो महिनाको लागी शुभ अकं ५ ,८ रगं पंहेलो ,पुर्वदिशा शुभरहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

धनु — अचलसम्पत्तिको दुरपयोग तथा शिक्षामा कमजोरी हुने छ । ऐतिहासिक स्थलको भ्रमण, इष्टमित्रबाट नै अपमान हुन सक्छ । विदेशबाट आर्थिक लाभ रहेकोछ भने बेला बेलामा शत्रुले दुःख दिनेछन् । नयाँ कामको सुरुवात भएता पनि समय दिन पाईने छैन् । आर्थिक चिन्ता पनि हुनेछ । सवारी साधनबाट होसियार हुनुहोला यो महिनाको लागी ,शुभ अकं ९ , रगं कालो । दक्षिण दिशा शुभ ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो हुनेछ ।

मकर –आध्यान तथा अध्यापनमा रुची आउने छैन । दाम्पत्य जिवनमा रमाईलो गर्ने अवसर मिल्नेछ । सरसामान चोरी हुन सक्ने हुँदा बिचार गरेर काम गर्नुहोला , मनमा असान्तीले गर्दा महत्वपुर्ण काममा बाधा आउन सक्छ । बिश्वास गरेका बाटनै अपमान हुनेछ । जग्गा जमिनको कारोबारमा फाइदा रहेको छ । यो महिनाको लागी शुभ अकं ४ ,७ रगं पियाजी पुर्वदिशा शुभ ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

कुम्भ — शारिरीक थकान हुनेछ , नयाँकामको सुरुवात हुनुका साथै , अध्यायनमा रुची आउने छ । जागिरमा पदोन्नतिको योग रहेको छ । बैदेशिक काम बन्ने छ । जग्गा जमिनमा विवाद आउन सक्छ मनमा डर चिन्ताले सताउन सक्छ । रोकिएका कामकाजहरु बन्नेछ । साथीभाईसंग होसियार हुनुहोला यो महिनाको लागी , शुभ अकं ५, सेतो रगं एवं पश्चिम दिशा शुभ ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।

मिन —सन्तानको कारण सुख प्राप्त हुनेछ , आर्थिक प्रगति मिल्ने छ । अध्यायन तथा अध्यापनमा सफलता मिल्नुका साथै साथीभाईबाट सहयोग प्राप्त हुनेछ । , दाम्पत्य जिवनमा तनाव आउन सक्छ । व्यापारमा केहि नोक्सानी हुन सक्छ । रमाइलो यात्रा , बैदेशिक काममा ढिलासुस्ती हुने हुँदा यो महिनामा बैदेशिक काम नगर्दा उचित हुनेछ । , शुभ अकं ६ , कालो रगं र पुर्वदिशा शुभ रहेको छ । ॐ दुर्गा देव्यै नमः मन्त्र जप गर्दा राम्रो हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com