About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सुनवलमा एम्बुलेन्स दुर्घटना हुँदा पाच जना घाइते,एकको अवस्था गम्भीर

Darpanpost आइतबार, बैशाख ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार

बैशाख ३० । नवलपरासीको सुनवलमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन । आइतबार सुनवल–४ तुरीयामा उक्त दुर्घटना भएको हो । बिरामी लिएर बुटवल तर्फ आउँदै गरेको बा ७ च ५१९१ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई लु २ त ६८३९ नम्बरको ट्याक्टरमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते पाचैँ जना एम्बुलेन्समा सवार यात्रु रहेको र उनिहरुको उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते हुनेहरुमा एम्बुलेन्स चालक नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ का ३० बर्षिय सुरेश लामिछाने, सोही स्थानकी ५३ बर्षिय राधिका बस्याल, ३६ बर्षिय माया सापकोटा, ४२ बर्षिय राम प्रसाद पौडेल र ३८ बर्षिय दिब्या पोख्रेल रहेका छन । उनिहरु मध्ये दिब्या पोख्रेलको अवस्था गम्भीर रहेको उपचारमा संङ्लग्न डाक्टरहरुले जानकारी दिएका छन । ट्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । ट्याक्टर भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com