अमृत भट्टराई / ३० वैशाख , बुटवल । रुपन्देहीको शंकरनगरमा नेपाल बन्द सधैंकालागि बन्द भन्दै रयालि निकालेको हो नेपाल बन्दले समग्र नेपाल को र प्रदेशको विकासमा असर पर्ने भएको हुदा नेपाल बन्द सधैंका लागि बन्द गर्ने भनेर रयाली निकालिएको रयाली मा सहभागीले जनाएका छन् ।
हड्तालले कसैको पनि हित नगर्ने भन्दै बन्द सधैका लागि अन्त्य गर्न माग गर्दै तिलोत्तमा नगरपालिकको शंकरनगरबाट बुटवलसम्म बृहत रयालि आयोजना गरिएको नमस्ते नेपालका सरोज खनालले जानकारी दिए । शंकरनगरबाट शुरु भएको रयालि बुटवलको ट्राफिक चोकमा गएर कोण सभामा परिणत हुने बताइएकोा छ ।
रयालिमा सहभागि हुन आ- आफ्नो सवारी साधन सहित बिहान १० बजे शंकरनगर चोकमा जम्मा हुन आयोजकले सबैलाई अपिल गरेका छन । क्रियाशिल युवाहरुको स्वतन्त्र संगठन नमस्ते नेपालले बेलाबेलामा सामाजिक सेवाभाबका कामहरु गर्दै आएको छ ।
बिभिन्न राजनितिक दलले आफ्ना सिमित स्वार्थ पुरा गर्न देखि लिएर आफ्ना माग प्राप्तिका लागि दबाब दिन भन्दै गर्ने बन्द र हड्तालले मुलुक आर्थिक, सामाजिक विकासका असर पुग्छ ।