About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
क्रान्तिकारी माओवादीका नेता सिपिि गजुरेल सहित ५४ जना ठाउँठाउँबाट गिरफ्तार ।

Darpanpost शनिबार, बैशाख २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट संवाददाता ÷ २९ वैशाख , काठमाडौ । 

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (माओवादी)का नेता सिपी गजुरेल ‘गौरव’सहित नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौको नरदेवीबाट शुरु भएको विरोध ¥याली रत्नपार्कको बसपार्क अगाडि आईपुगे पछि प्रहरीले हस्तक्षेप गरेर पार्टीका स्थायी समिति सदस्य तथा देजमा, नेपालका केन्द्रीय अध्यक्ष सी.पी गजुरेल सहित सयौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

गिरफ्तारमा पर्ने अन्य नेताहरुमा पार्टी पी.बि.एम द्वय पवनमान श्रेष्ठ र कमल चौधरी, केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ, शारदा महत, हुकुमबहादुर सिंह, सरोज रहेका छन् ।

त्यसैगरी देजमोका केन्द्रीय सदस्यहरु खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी, देव विश्वकर्मा काभ्रे, टेकबहादुर वि.क. देजमो काभ्रे जिल्ला अध्यक्ष, जितबहादुर लामा काठमाण्डौ, शोभा विश्वकर्मा, मनोज बुढाथोकी, भूमि बुढाथोकी देजमो रामेछाप जिल्ला संयोजक, सुरेन्द्र राई ललितपुर, मधु राई लतिपुर, सुमित्रा न्यौपाने काठमाण्डौंलगायत रहेका छन्।

गिरफ्तार सबै नेता कार्यकर्ताहरुलाई टेकु स्थित प्रहरी कार्यालयमा राखिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com