About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
विराटनगरको एक वेवसाईट बनाउने कम्पनीको कार्यालयमा तोडफोड, सञ्चालकलाई ज्यान मार्ने धम्की (भिडीयो सहित)

Darpanpost सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रेम देवान, आवर विराटनगर । 
विराटनगर २३ बैशाख । विराटनगर ८ हाटखोलामा रहेको एक वेव साईट बनाउने कम्पनीको कार्यलयमा केहीले युवाले तोडफोड गर्नुका साथै वेव साईट बनाउने सञ्चालकलाई ज्यान मार्ने धम्की दिएका छन् । विराटनगरको हाटखोला कारागार पछाडी रहेको वेबसफट आइटी प्रा.लि.को कार्यलयमा गएराती स्थानिय युवाको समूहले तोडफोड गरी आफ्नो भाईलाई मणासन्न हुने गरी कुटपिट गरिएका वेबसफ्ट प्रालिका सञ्चालक भविश मण्डलले आवर विराटनगरलाई जानकारी दिए ।
आफु घरमा नभएको मौका छोपी शनिबार राति करिब १० बजेतिर कार्यलयमा बसिरहेका उनका भाई चन्दन कुमार मण्डललाई स्थानीय रञ्जन पासवानको नेतृत्वमा आएको समूहले मरणासन्न हुनेगरी कुटपिट गरी वेहोस बनाएको मण्डल बताए ।


उनले भने ‘म राती कम्प्युटरमा काम गरिरहेको थिए,ँ तेरो दाई कहाँ छ ? भन छिटो नत्र तलाई र तेरो दाईलाई सिध्याईदन्छु भन्दै लछारपासर गरेर बाहिर रोडमा ल्याएर घरको पर्खालमा टाउको ठोकाए त्यसपछि के भयो मलाई केही थाहा भाएन ।’ बेहोस भएका मण्डललाई स्थानियवासीले तत्काल उपचार गराउन कोशी अञ्चल अस्पताल लगेका थिए । मण्डलको अनुहारको विभिन्न भागमा चोट लागेको छ । कार्यलयमा तोडफोेड र कुटपिट गर्ने त्यही पढ्ने विद्यार्थी रहेको स्थानीयले बताएका छन् । केही समय अगाडी उक्त वेबसाईट बनाउने कार्यलयमा कम्प्युटर बेसिक पढ्न भर्ना भएका ३० बर्षिय रन्जन पासवान भनिने शिरोमणी कट्वाल रहेको स्थानीय बताउँछन् ।

पिडक पासवानले दुईवटा नाम लेखाउने गरेको पाईएको छ। श्रोतका अनुसार पासवानले केही समय अगाडी एक किशोरीमाथि दुव्र्यबाहार गरेको स्थानियबासीले बताएका छन् । जबर जस्ती आफूसँग विवाह गर्नु पर्ने भन्दै किशोरीका परिवारलाई तनाव दिने गरेको स्रोतले बतायो । पासवान अहिले फरार छन् । उनको खोजी कार्य मोरङ प्रहरीले जनाएको छ ।
वेबसफ्टका सञ्चालक भविश मण्डलले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यलय मोरङ र हाटखोला प्रहरी कार्यलयमा कारबाहीको माग गर्दै किटानी जारी दिएका छन् । पासवानको समूहले कार्यालय भित्रको कम्प्युटर, फोटोकपी मेसिन, कुर्सी, दराजमा तोडफोड गरी क्षति पुर्याएका छन् ।
फरार रहेका पासवान र उनको समुहलाई खोजीकार्य गरी कारबाही गरिने हाटखोला प्रहरी विटका ईन्चार्ज रञ्जित राजपहेलीले बताए । तोडफोडमा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। तर घटना स्थलमा प्रहरी दिउँसो सम्म पनि पुगेको थिएन । घटनाको बारेमा बिहानै जानकारी गराईएको भएपनि प्रहरीले वास्तै नगरेको मण्डलले बताए ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com