अमृत भट्टराई / २१ वैशाख, बुटवल । लामो समय देखि रुपन्देही लगायतका जिल्ला मा पेट्रोलियम पदार्थको अभाव देखाउदै आएका व्यापारीले पेट्रोलियम पदार्थको मुल्य बुद्धि सगै पेट्रोलियम पदार्थ वितरण गर्न लागेको छ ।
उत्त पेट्रोलियम पदार्थ को मुल्य बुद्धि सँगै रुपन्देही का विभिन्न कलेजमा आबद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् ।
बुटवल उपमहानगरपालिका देवीनगर स्थित लुम्बिनी बाणिज्य क्याम्पसमा नेविसंघले आज एक विरोध प्रदर्शन कार्यक्रम गरेको थिए ।
सभापति सुरज क्षेत्रीले दिएको जानकारी अनुसार देशमा पेट्रोलियम प्रदर्शनको कृत्रिम अभाव र चर्को मुल्य बुद्धि साथै भारतीय पक्षले गरेको देशको सिमा मिचाई बिरुद्धमा प्रदर्शन गरेको क्षेत्रीले दर्पण पोस्ट लाई जनाएका छन् ।